TodayPati

मधेश प्रदेश : शान्ति सुरक्षाको नाममा मन्त्री, राज्यमन्त्री र सचिवले बुझे ३६ लाख

टुडेपाटी–
जनकपुरधाम, चैत ३० गते ।

शान्ति सुरक्षाको नाममा मधेश प्रदेश सरकारका एकमन्त्री, राज्यमन्त्री र सचिवले ३६ लाख रुपैयाँ बुझेका छन् ।

बिहिबार सार्वजनिक भएको महालेखापरिक्षकको ६० औँ प्रतिवेदन अनुसार मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुबी कर्ण र सचिव रामकुमार महतोले आफ्नो अधिकारमा नै नरहेको शान्ति सुरक्षा वापत यति रकम बुझेका हुन् ।

Sponsored

मधेश प्रदेशको मन्त्रिपरिषदको २०७५ साल जेष्ठ १० गते र २०७७ साल चैत २४ गतेको निर्णय अनुसार शान्ति सुरक्षा खर्चवापत मन्त्रीले प्रतिपटक ३० हजारका दरले मासिक ५ पटकसम्मको १ लाख ५० हजार, राज्यमन्त्रीले मासिक १ लाख तथा सचिवले एकपटकमा १० हजारका दरले मासिक ५ पटकसम्म ५० हजार प्रतिमहिना गरी ३ लाखका दरले नबढ्नेगरी खर्च गर्न पाउने र यस्तो रकम सम्बन्धित अधिकारीले बुझिलिई खर्च गर्न सक्ने तथा त्यसको बिल भरपाई पेश गरिरहनु नपर्ने निर्णय गरेको थियो । सोही बमोजिम आर्थिक वर्ष २०७८/७९ मा मन्त्री तथा राज्यमन्त्रीले ३० लाख र सचिवले ६ लाख बिल भर्पाईबेगर खर्च गरेको लेखेका छन् ।

नेपालको संविधानमा शान्ति सुरक्षाको अधिकार प्रदेश सरकारलाई दिएपनि प्रदेश सरकारले सो अधिकार पाएका छैनन् । मधेस सरकारले शान्ति सुरक्षाको अधिकार आफुहरुले पाउनुपर्ने भन्दै आन्दोलन समेत गरेका छन् तर अधिकार नै नरहेको कुरावापत लाखौँ रकम बुझेको प्रतिवेदनमा उल्लेख छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *