TodayPati

जनकपुरधाम मेयर कप : टी–२० क्रिकेट म्याच जितेर काठमाण्डौं बाहिर

टुडेपाटी-
जनकपुरधाम, चैत २८ गते ।

जनकपुरधाममा जारी मेयर कप टी–२० क्रिकेट प्रतियोगितामा काठमाण्डौं टिम बाहिर भएका छन् । मंगलबार काठमाण्डौं पोखरासँग दुई विकेटले जितेर पनि रन रेटको अधारमा प्रतियोगिताबाट बाहिर भएको हो ।
यसअघि सोमबार काठमाण्डौं पाँच रनले सप्तरीसँग पराजित भएको थियो । मंगलबारको खेलमा पोखरा र काठमाण्डौंबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । अन्तिम बलमा काठमाण्डौंले लक्ष्य पुरा गरेको थियो ।

टस जितेर पोखराले ब्याटिङ रोजेका थिए । पोखराले १९ ओभर एक बलमा सबै विकेट गुमाएर एक सय १९ रनको लक्ष्य काठमाण्डौं समक्ष प्रस्तुत गरेका थिए । पोखराका लागि किरण पौडेलले सार्वधिक २२ बलमा २९ र सन्दिप खतरीले ११ बलमा १९ रन बनाए । काठमाण्डौंका लागि बलिङ गरेका गजेन्द्र बोहराले तीन, इशान पाण्डेले दुई र मोहमद हुसैनले दुई विकेट लिए ।

Sponsored

जवाफी ब्याटिङमा आएका काठमाण्डौं टिमको सुरुवात राम्रो भएपनि पछि कमजोर देखिएको थियो । काठमाण्डौंका लागि गजेन्द्र बोहराले उत्कृष्ट ब्याटिङ गर्दै ३१ बलमा ६३ रन र इशान पाण्डले अवजित २८ बलमा २० रनको योगदान दिए । पोखराका लागि बलिङ गरेका कमल थापाले तीन, नितेश गिरीले दुई र सुवास भण्डारीले एक विकेट लिएका थिए । यस खेलको म्यान अफ दी म्याच पोखराका गजेन्द्र बोहरा घोषित भएका थिए । बुधबार विहान सप्तरी र पोखराबीच सेमिफाइनलमा पुग्न प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा १२ वटा टिम सहभागि भएका छन् । जसमध्ये धनुषा, बारा र विराटनगर सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनलमा पुग्न बुधबार विहान सप्तरी र पोखराबीच प्रतिस्पर्धा हुने छन् । सप्तरी एक खेल जितेका छन् भने पोखरा पराजित भएका छन् । प्रतियोगिताको फाइनल खेल बैशाख १ गते गराउने आयोजक संस्थाको तयारी छ । प्रतियोगिता विजेता टिमलाई नगद अढाई लाख र उपविजेतालाई डेढ लाखसहित कप र प्रमाणपत्र दिइने छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *