TodayPati

३ महिनापछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु

टुडेपाटी–
काठमाडौं, चैत २८ गते ।

तीन महिनापछि कोरोना संक्रमणका कारण मंगलबार एक जनाको मृत्यु भएको छ ।

वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । करिब ३ साताअघि उनी अस्पताल भर्ना भएका थिए ।

Sponsored

कोरोना संक्रमणबाट यसअघि २३ पुसमा एक जनाको मृत्यु भएको थियो ।

यस्तै, मंगलबार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४३६ नमुनामध्‍ये ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।

Sponsored

कोरोनाको संक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *