TodayPati

सशस्त्र प्रहरीको आधिकारिक फेसबुक पेज ह्याक

टुडेपाटी–
काठमाडौं, चैत २८ गते ।

सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको जानकारी दिए।

Sponsored

पेजबाट अनधिकृत रूपमा पोष्ट समेत भएको छ। अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुनः नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको थापाले बताए।

‘एक्कासी बिहानदेखि समस्या आयो। प्राविधिक टोलीले पूरानै अवस्थामा फर्काउने प्रयास भइरहेको छ । कसरी यस्तो भयो भनेर अध्ययन गरिरहेको छ’, उनले भने ।

नेपाली सेनाको साइबर स्पेशमा हमला गरेको आरोपमा केही समय अघि एक जनालाई प्रहरीले पक्राउ गरेको थियो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *