जनकपुरधाम मेयर कप टी–२० मा विराटनगर ५६ रनले विजयी
दिपेश कुमार चौधरी–
जनकपुरधाम, चैत २८ गते ।
जनकपुरधाम मेयर कप टी–२० प्रतियोगितामा विराटनगरले पर्सालाई ५६ रनले पराजित गरेको छ ।
मंगलबार रामजानकी बहुउदेश्यीय रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ्ग गरेको विराटनगरले २० ओभरमा ११३ रन बनाएर ११४ रनको लक्ष्य दिएकोमा पर्सा ५७ रनमै अलआउट भएको हो ।
विराटनगरको तर्फबाट मुकुन्द यादवले सर्वाधिक २३ रनको अविजित पारी खेले । यस्तै, कपिल मण्डल र फिरदोस अन्सारीले समान १७÷१७ रन बनाए ।
यस्तै, पुष्प थापाले ११, सुजन थपलियाले १० रनको पारी खेले ।
बलिङ्गमा पर्साका नसरुदिन अन्सारी, रंजित कुमार र रासिद खानले २/२ विकेट लिएभने सम्साद मन्सुरी र अलफाज मन्सुरीले १÷१ विकेट लिए ।
Sponsored
विराटनगरबाट ११४ रनको लक्ष्य पाएको पर्साले १४.४ ओभरमा अलआउट हुँदै ५७ रन मात्र बनाउन सके ।
पर्साको तर्फबाट इमरान शेखले २२ र अलफाज मन्सुरीले १४ रन बनाउँदा बाँकी खेलाडी दोह्रो अंकमा रन बनाउन सकेनन् ।
बलिङ्गमा विराटनगरका दिपेश कँडेलले १.४ ओभरमा ४ रन दिएर ४ विकेट लिए भने फिरदोस अन्सारीले ३, श्रवण किस्कुले २ र मुकुन्द यादवले १ विकेट लिए ।
ब्याटिङ्गमा १७ रन बनाएको र बलिङ्गमा ३ विकेट लिएका फिरदोस अन्सारीलाई म्यान अफ द म्याचको उपाधी दिइएको हो ।