TodayPati

अमेरिकाको एक बैंकमा अन्धाधुन्ध गोली चल्दा पाँच जनाको ज्यान गयो

एजेन्सी-
जनकपुरधाम, चैत २८ गते ।

अमेरिकाको केन्टकी शहरको एक बैंकमा अन्धाधुन्ध गोली चल्दा पाँच जनाको ज्यान गएको छ । अन्य तीन प्रहरीसहित ९ जना घाइते भएका छन् ।

ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका हुन् । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।

Sponsored

गोली लागेर चार जनाको मृत्यु भएको र प्रहरीको गोली लागेर गोली चलाउने व्यक्ति पनि मारिएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले बन्दुकको हिंसाबाट अमेरिका शोकमा परेको बताएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *