जनकपुरधाम मेयर कप टी–२० मा विराटनगर विजयी
टुडेपाटी–
जनकपुरधाम, चैत २७ गते ।
जनकपुरधाम मेयर कप टी–२० प्रतियोगितामा विराटनगरले सर्लाहीलाई ७७ रनले पराजित गरेको छ ।
जनकपुरधाम स्थित निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालामा टस हारेर ब्याटिङ्ग गरेको विराटनगरले सर्लाहीलाई १५२ रनको लक्ष्य दिएको थियो तर सर्लाही १९.४ ओभरमा सबै विकेट गुमाउँदै ७४ रन मात्र बनाउन सके ।
विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएका थिए । विराटनगरको तर्फबाट सुनिल धमलाले सर्वाधिक ५६ रन बनाए । यस्तै फिरदोस अन्सारीले ३७ रनको अविजित पारी खेले भने सुजन थपलियाले २०, भास्कर दुब्बेले १२, मिनास थापाले १२, मुकुन्द यादवले ९ रन बनाए ।
बलिङ्ग तर्फ सर्लाहीका सन्दीप खडका, विशाल पटेल, चक्रधर यादव र सुमन शुक्लाले १/१ विकेट लिए ।
विराटनगरबाट १५२ रनको लक्ष्य पाएको सर्लाहीका कुनै खेलाडी नलेपछि ७४ रनमै अल आउट भयो ।
सर्लाहीको तर्फबाट विशाल पटेल र आतिश दासले १३ बनाए भने बाँकी खेलाडी दोह्रो अंकमा समेत पुग्न सकेनन् ।
Sponsored
बलिङ्ग तर्फ विराटनगरका भाष्कर दुब्बेले र सुनिल धमलाले ३/३ विकेट लिए भने दिपक राज जोशीले २, फिरदोस अन्सारी र दिपेश कँडेलले १÷१ विकेट लिए ।
अर्धशतकीय पारी खेलेका र ३ विकेट लिएका धमलालाई म्यान अफ द म्याच दिइएको हो ।