भोली मधेश प्रदेशको प्रदेशसभा बैठक बस्दै
टुडेपाटी–
जनकपुरधाम, चैत २६ गते ।
मधेश प्रदेशको प्रदेशसभा बैठक झण्डै दुईपछि सोमबार बोलाइएकोृ छ ।
प्रदेशसभा सचिवालयले भोली १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको जनाएको छ ।
विभिन्न आर्थिक वर्षमा प्रदेश सरकारको बक्यौता रहेको रकमहरुको छानविन गरि भुक्तानी प्रक्रिया अगाडि बढाउनको लागि उपसभामुखको संयोजकत्वमा विशेष समिति गठन गरिएकोमा उनले राजिनामा दिएका हुन् ।
उपभामुखले समितिको संयोजकबाट राजिनामा दिएपछि सबैको सहमतिमा रानीकुमारी शर्मालाई जिम्मेवारी दिइएको थियो । सो समितिको राजिनामा र नयां संयोजकको चयनको विषयमा प्रदेश सभाको बैठक बस्न लागेको हो ।
प्रदेश सभाका सचिव रंजितकुमार यादवले भोलीको प्रदेश सभाको बैठकमा खेलकुद सम्बन्धी विधेयक टेबुल गरिने सम्भावित कार्य सुचि रहेको बताए ।
Sponsored