जनकपुरधाम मेयर कप टी–२० मा पर्साको पहिलो जित
टुडेपाटी–
जनकपुरधाम, चैत २६ गते ।
जनकपुरधाम मेयर कप टी–२० प्रतियोगितामा पर्साले आफ्नो पहिलो जित निकालेको छ ।
आइतबार रामजानकी बहुउदेश्यीय रंगशालामा भएको दोस्रो खेलमा टस हारेर बलिङ्ग गरेको पर्साले ११.३ ओभरमा ८७ रन बनाउँदै सर्लाहीलाई ७ विकेटले पराजित गरेको छ ।
पर्साको तर्फबाट इमरान शेखले सर्वाधिक ३८ रन बनाए । यस्तै सुरज पटेलले अविजित २१ रनको पारी खेल्दा रासिद खान ५ र सफवान अलि आलमले ५ रन बनाएर अविजित रहे ।
बलिङ्गमा सर्लाहीका सुमन शुक्लाले ३ विकेट लिएभने बाँकी बलर विकेट लिन सकेनन् ।
यसअघि टस जितेर ब्याटिङ्ग गरेको सर्लाहीले १७.४ ओभरमा अलआउट हुँदै ८४ रन मात्र बनाउन सके । सर्लाहीको तर्फबाट सुमन शुक्लाले २३, विवेक ठाकुरले १५ र विशाल पटेलले १० रन बनाउँदा बाँकी खेलाडी दोह्रो अंकमा रन बनाउन सकेनन् ।
Sponsored
बलिङ्गमा पर्साका सम्साद अन्सारीले ४ ओभरमा १८ रन दिएर ४ विकेट लिएभने नसरुदिन अन्सारीले २ तथा अलफाज मन्सुरी, रंजित यादव र शेराजुल मियाले १÷१ विकेट लिए ।