TodayPati

मधेशमा राजनीतिक दलले जातियतालाई मागी खाने भाँडो बनायो : रवि लामिछाने

टुडेपाटी–
बारा, चैत २६ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशमा जातियता, क्षेत्रीयता र साम्प्रदायिकतालाई दलहरूले मागी खाने भाँडो बनाएको आरोप लगाएका छन् ।

आइतबार बाराको सिमरामा पत्रकार सम्मेलनको आयोजना गर्दै लामिछानेले सो कुरा बताएका हुन् ।

Sponsored

काठमाडौँवासीले बालेन साहलाई अत्यधिक मतले विजयी बनाएको उदाहरण दिँदै लामिछानेले अब दलहरूले जातियता, क्षेत्रीयता र साम्प्रदायिकतालाई मागी खाने भाँडो बनाउन नहुने बताए ।

उनले भने, ‘नयाँ पुस्ताले अब नेतृत्व कस्तो मान्छेको हुने हो भन्ने हेर्छ, स्थानीय निर्वाचन हो भने त्यही वडाको मान्छे चाहिने होला, हामी वडाध्यक्ष चुनिरहेका छैनौ सांसद चुनिरहेका छौ, त्यसैले राष्ट्रिय स्तरको उम्मेदवार हामीले उठाएका हौँ ।’

नेपाली नागरिकहरुले बुझिसकेकाले अब राजनीति गर्ने मान्छेहरूले जातियता, साम्प्रदायिकता र क्षेत्रीयतालाई धेरै मागी खाने भाँडो बनाउन नहुने बताए ।

Sponsored

उनले मधेशमा काम गर्ने राष्ट्रिय स्तरको उम्मेदवार आवश्यक भएकाले पार्टीले रमेश खरेललाई उठाएको बताए ।

चुनावी सभामा भाग लिन पार्टीका सभापति सहित केन्द्रीय स्तरका नेताहरू बारा आइपुगेका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *