उपनिर्वाचनपछि प्रदेश सरकारहरू फेरिन्छ : बालकृष्ण खाण
टुडेपाटी–
जनकपुरधाम, चैत २६ गते ।
नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले उपनिर्वाचनपछि प्रदेश सरकारहरू फेरिने बताएका छन्।
वैशाख १० मा बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ।
आइतबार जनकपुरधाम स्थित पार्टीको प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खाणले उपनिर्वाचनपछि प्रदेश सरकार फेरिने बताए।
उनले भने, ‘सातै वटा प्रदेशमा सत्ता गठबन्धनका दलहरूबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको छ ।’
गठबन्धनमा रहेका दलहरूलाई प्रदेश सरकारमा सहभागी गराइने पनि उनको भनाइ थियो।
कुन प्रदेशमा कुन दलबाट मुख्यमन्त्री हुने भन्ने विषयमा उपनिर्वाचनपछि निर्णयमा पुगिने उनले बताए।
Sponsored
यस्तै उनले नागरिकता विधेयक छिटो संसदबाट पारित गरिनुपर्ने बताए ।