TodayPati

सरकारको न्यूनतम साझा कार्यक्रमको नागरिकता सम्बन्धि बुँदा प्रति तमलोपाको आपत्ति

टुडेपाटी–
जनकपुरधाम, चैत २५ गते ।

गठबन्धनको सरकारले ल्याएको न्युनतम साझा कार्यक्रम प्रति तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले आपत्ति जनाएको छ ।

शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन पारित गर्ने भनेकाले यसले नागरिकताको विषय अझै जालझेल, ढिलाई, अल्मलाईराख्ने र विवादस्पद बनाई राख्ने षडयन्त्र रहिरहेको आरोप लगाए ।

Sponsored

‘दुई दुई पटक सदनबाट पारित भएर प्रमाणिकरणका लागि तत्कालिन राष्ट्रपतिकहाँ गएपनि प्रमाणिकरण गर्ने संवैधानिक व्यवस्था रहेपनि त्यसलाई प्रमाणिकरण गरिएन् । त्यसलाई अहिले प्रमाणिकरण गर्नुको ठाउँमा सरकार मौन रही तत्कालिन तत्कालिन राष्ट्रपतिबाट संविधानको घोर उल्लघंनप्रति स्वीकारोक्ति दिनु लोकतन्त्र र विधिको शासनमाथि ठूलो प्रहार हो’, अध्यक्ष लालले भने ।

अहिलेको सरकारले राष्ट्रपतिलाई शक्तिको स्रोत र संविधानभन्दा माथिको स्थान दिँदै लैजाने घातक परम्पराको थालनी गर्न लागेकाले लोकतन्त्र विरुद्धको यस्तो गम्भीर क्रियाकलापप्रति सजग हुन संघीय संसद, लाकतन्त्रप्रति सजग समुह र विज्ञ बौद्धिक समुदायलाई ध्यानाकर्षण गराए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *