मुठ्ठीभर शासक देश लुट्ने काम गरिरहेका छन् : प्रभु साह
टुडेपाटी-
जनकपुरधाम, चैत २४ गते ।
आम जनता पार्टी नेपालका अध्यक्ष प्रभु साहले बारा २ मा आमजनता पार्टीको साझा उम्मेदवार जित्ने दावी गरेका छन् । शुक्रबार जनकपुरधाममा पार्टीको धनुषा भेलालाई सम्बोधन गर्दै उनले आफूहरु दलतन्त्रको सिण्डिकेटलाई उखालेर फाल्ने बताए ।
‘बारा जिल्लामा आम जनताको साँझा उम्मेदवार जित्नेबाला छन् । तपाईहरु ढुक्क हुनुस् । हामी दलतन्त्रको दलिय सिन्डिकेटलाई उखालेर फालिदिन चाहन्र्छौ’ साहले भने, ‘जहाँ पनि हेर्नुस् जनता लाचार छन् । मुठिभर शासकले रजाइँ गर्दै देश लुट्ने काम गरिरहेका छन् । त्यसैले यो दलीय तन्त्र र सिन्डिकेट हटाउन आमजनता पार्टी लागि परेको छ ।’
आम जनता पार्टीले बारा–२ बाट अधिवक्ता अरुण ज्ञवालीलाई उम्मेदवार बनाएको छ । लोकतन्त्रको नक्कली मालिक जनता रहेकाले मुठिभर शासकले रजाइँ गरिरहेको उनको भनाइ छ । उनले बारा २ को चुनाव मधेश र देशको मात्र नभइ युपी र विहारको जनताको समेत उत्सुकताको विषय रहेको बताए ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष बद्री न्यौपाने, उपमहासचिव कुन्दन कुशवाह, नेता श्रीलाल महासेठ, सन्तोष राज सहनी, सेलिना कुँवरसहितका नेताहरु सहभागी थिए ।
Sponsored