जनकपुरधाम मेयर कप टी–२० : जनकपुरधामको विजयी सुरुवात
टुडेपाटी–
जनकपुरधाम, चैत २३ गते ।
जनकपुरधामको रामजानकी बहुउदेश्यी रंगशालामा सुरु भएको जनकपुरधाम मेयर कप टी–२० प्रतियोगिताको पहिलो खेलमा जनकपुरधामको विजयी सुरुवात भएको छ ।
महोत्तरीलाई ३२ रनले हराउँदै जनकपुरधामले उद्घाट खेलमा आफ्नो विजयी सुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ्ग गरेको जनकपुरधामले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएका थिए ।
जनकपुरधामका लागि हिमान्सु दत्तले २८ बलमा ३२ रन बनाए । यस्तै, अकवर अलीले १९, परशुराम यादव १७, सरद भेस्वाकरले १६ रन बनाए । यस्तै, टिमका कप्तान समेत रहेका हरिशंकर साहले १६, विशाल सुश्लिङ्ग ९, रौनक रत्नाम ७, कृष्ण कार्की २, सुजित मण्डल र विक्रान्त यादवले १÷१ रन बनाए ।
महोत्तरी तर्फ बलिङ्गमा विनोद सहनीले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिएभने नितेश कुमार यादव, अभिशेक तिवारी, रमेश सहनी र नविन यादवले १÷१ विकेट लिएका थिए ।
Sponsored
जवाफी ब्याटिङ्ग गर्न आएको महोत्तरी निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११५ रन बनाउन सके । महोत्तरीको तर्फबाट ब्याटिङ्गमा मो. सरफराज अन्सारीले सर्वाधिक ३४ रन बनाए । यस्तै, अभिशेक यादव २७, विनोद सहनी १८, नविन यादव १७ रन बनाए ।
बलिङ्ग तर्फ जनकपुरका कृष्ण कार्कीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए भने अकाश रोय, हरिशंकर साह र विक्रान्त यादवले १÷१ विकेट लिए ।
३ विकेट लिएका कार्कीलाई प्लेयर अफ द म्याचको उपाधि दिइएको हो ।
जनकपुरधाम, महोत्तरी, सिरहा, हेटौडा, रौतहट, बारा, काठमाडौँ, सप्तरी, पोखरा, विराटनगर, सर्लाही र पर्सा टीमगरि १२ वटा टिम प्रतियोगितामा सहभागी रहेको छ ।