जनकपुरधाममा मेयर कप टी–२० भोलीदेखि हुने
टुडेपाटी–
जनकपुरधाम, चैत २३ गते ।
जनकपुरधाममा भोलीदेखि मेयर कप टी–२० प्रतियोगिता हुने भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा कुल १२ वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
जनकपुरधाम – १४ रजौलस्थित निर्माणाधिन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा जनकपुरधाम, महोत्तरी र सिरहा, हेटौंडा, रौतहट र बारा, काठमाडौं, सप्तरी र पोखरा तथा विराटनगर, सर्लाही र पर्साका टिमहरुले प्रतिस्पर्धा गर्नेछन् ।
Sponsored
सहभागी टोलीलाई चार समुहमा विभाजन गरि प्रत्येक समूहमा तीन÷तीन वटा टिम राखेर लिग कम नकआउटका आधारमा टी–२० फर्म्याटमा खेलहरु सञ्चालन गरिने जिल्ला क्रिकेट संघ धनुषाले जनाएको छ ।
प्रतियोगिता व्यवस्थापन अन्तर्गतका सम्पूर्ण कार्यहरुसमेत अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।
जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकन्त पाण्डेले प्रतियोगिताको फाइनल खेल वैशाख १ गते हुने जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमलाई २ लाख ५१ हजार र उपविजेतालाई १ लाख ५१ हजार पुरस्कारसहित ट्रफीसमेत प्रदान गरिने छ ।