TodayPati

योगी आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्ने भनेपछि विप्लवको आपत्ति

टुडेपाटी-
काठमाडौँ, चैत २३ गते ।

नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेर अभिव्यक्ति दिएपछि बुधबार एक विज्ञप्ति जारी गर्दै विप्लवले आपत्ति जनाएका हुन् ।    

Sponsored

देशको सार्वभौमिकता,राजनीतिक स्वतन्त्रता र जनभावनामाथि गरिएको ठाडो हस्तक्षेप भएको विप्लवको ठहर छ ।

नेपालमा कस्तो राजनीतिक व्यवस्था हुने धर्म मान्ने कि नमान्ने अधिकार पूर्णतः नेपाली जनतामा रहेको विप्लवको भनाई छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *