सिक्किममा हिमपहिरोमा तीन नेपालीको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, चैत २२ गते ।
सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपालीमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रूपन्देहीकी मुना शाह श्रेष्ठ छन् । तीन नेपाली घाइते समेत भएका छन् । घाइते तीन नेपाली ज्योति गुरुङ, गीता सापकोटा र रमेश खनालको उपचार भइरहेको छ । उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए ।
यसैगरी मृत्यु हुनेमा अन्य चार भारतीय नागरिक बाल सिंह, रेब्या सिंह, शौरभ रोय चौधरी र पृतम माटे रहेका छन् । मंगलबार स्थानीय समयअनुसार दिउँसो १२ः१५ बजे गान्तोक–नाथुला पास जोड्ने नवाहरलाल नेहरू सडकमा गएको पहिरोमा १३ जना घाइते भएका छन् ।
सिक्किम सरकारले हिमपातमा सातजनाको मृत्यु भएको पुष्टि गरेको छ ।
२० देखि ३० वटा पर्यटक हिउँमुनि फसेको अनुमान गरिएको छ । सिक्किम सेनाले विज्ञप्ति जारी गर्दै १४ जनाको उद्वार गरिएकोमा ७ जनाको सामान्य उपचारपछि गान्तोक फर्काइएको जनाएको छ ।