मधेश प्रदेश : दिउँसै इन्सपेक्टर मदिरा सेवन गरेर जसपा नेता यादवलाई गरे कुटपिट, बिरोधमा प्रदर्शन (तस्विरसहित)
शुभ नारायण यादव–
सप्तरी, चैत २१ गते ।
दिउँसै मदिरा सेवन गरि जिल्ला प्रहरी कार्यालय सप्तरीमै जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई कुटपिट गरि घाइते बनाएको बिरोधमा जसपाका नेता तथा कार्यकर्ताहरू राजविराजमा प्रहरीको बिरोधमा उत्रेका छन् ।
उनीहरूले जिल्ला प्रहरी कार्यालय सप्तरीको मुल गेटमा टायर बालेर प्रर्दशनमा गरिरहेका छन् ।
जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादवले एक घटना बारे बुझ्न जादा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरीक्षक नवीन थापाले यादवलाई मरनासन हुने गरि कुटपिट गरेका छन् ।
उनको टाउकोमा गम्भीर चोट छ। तथा कुटपिटबाट गम्भीर घाइते नेता यादवको तत्काल राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा उपचार भइरहेको जसपा नेपालका विघार्थि नेता श्याम कुमार यादवले जानकारी दिए ।
Sponsored