TodayPati

मधेश प्रदेश : एमालेका मन्त्रीहरुले दिए राजीनामा, मुख्यमन्त्रीद्वारा स्वीकृत

टुडेपाटी-
जनकपुरधाम, चैत २१ गते ।

मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएका छन् ।

मंगलबार उनीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् ।

Sponsored

एमालेबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह, कानुनमन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले मंगलबार मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्री सरोजकुमार यादवको निर्देशनपछि आफूहरुले राजीनामा बुझाएको राजकुमार लेखीले बताए ।

मन्त्रीहरुको राजीनामा स्वीकृतसमेत भइसकेको छ।

Sponsored

यस्तै, मुख्यमन्त्री यादवले उपनिर्वाचनपछि कांग्रेस, नेकपा एस, लोसपालाई सहभागी गराएर मन्त्रीमण्डल विस्तार गर्ने बताए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *