TodayPati

मधेश प्रदेश सरकारबाट बाहिरिँदै एमाले

टुडेपाटी–
जनकपुरधाम, चैत २२ गते ।

मधेश प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ । मधेश सरकारमा रहेका ४ मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिने भएका हुन् ।

एमालेसँगको गठबन्धन भत्किएपछि संघबाट एमाले बाहिरिएपनि प्रदेश सरकारबाट बाहिरिएको थिएन् ।

Sponsored

गठबन्धनभित्रका राजनीतिक दलहरूलाई अप्ठ्यारो हुन थालेपछि राजीनामा दिन लागेको एमालेका एक जना सांसदले बताएका छन् ।

राष्ट्रपतिको चुनावताका एमालेसँग गठबन्धन भत्किएपछि उपराष्ट्रपतिको चुनावपछि नै उनीहरू सरकारबाट बाहिरिने तयारीमा थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *