मधेश प्रदेश : मिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य पक्राउ
टुडेपाटी–
सप्तरी, चैत २० गते ।
मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी सप्तरीबाट पक्राउ परेका छन् ।
सोमबार बिहान सप्तरीको राजविराजबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका बेला उनी पक्राउ परेका हुन् ।
गत शनिबार पीडितसँग पाँच बुँदे सहमति गरेको सरकारले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।
Sponsored