मधेश : गाँजासहित ७ जना पक्राउ
टुडेपाटी-
जनकपुरधाम, चैत १८ गते ।
पर्साको विभिन्न स्थानबाट गाँजासहित ७ जना पक्रउ परेका छन् ।
पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोला चोक, वीरगञ्ज महानगरपालिकाको मिलनचोक र रजतजयन्ती चोकबाट गाँजासहित ७ जना पक्राउ परेका हुन् ।
शुक्रबार अपराह्न ४ बजे जगरनाथपुर २ जानकीटोला चोकबाट पर्साको छिपहरमाई गाउँपालिका ४ बस्ने २२ वर्षीय चन्दन कुमार साह, २० वर्षीय अरवाज आलम र २४ वर्षीय सुनिल कुमार गुप्तालाई पक्राउ परेको प्रहरीले जनाएको छ ।
ना।१४ प ७२२४ नम्बरको मोटरसाइकलमा जानकीटोलाबाट भिखमपुरतर्फ जाँदै गरेका चन्दन र अरवाजको साथबाट प्रतिबन्धित लागु औषध गाँजा ३ किलो फेला परेको प्रहरीको दाबी छ ।
प्रारम्भिक अनुसन्धानपछि लागु औषध किनबेचमा संलग्न भएको आरोपमाम प्रहरीले सुनिललाई पनि पक्राउ गरेको थियो ।
प्रतिबन्धित गाँजासहित वीरगञ्ज ३१ मिलनचोकबाट दुई जनालाई पक्राउ गरिएको हो । प्रहरीले चितवन राप्ती नगरपालिका ११ बस्ने २९ वर्षीय बुद्धिराज घलान र पर्साको पर्सागढी नगरपालिका ३ बस्ने ४२ वर्षीय पासाङ लामालाई गाँजासहित पक्राउ गरेको जनाएको छ ।
Sponsored
चैत १६ गते बिहान जीतपुरबाट बडनिहारतर्फ जाँदै गरेको प्र।(२(०३(००१ ह २२७ नम्बरको अटोमा सवार उनीहरुको साथबाट किलो गाँजा बरामद भएको प्रहरीको दाबी छ ।
त्यसैगरि प्रहरीले वीरगञ्ज महानगरपालिका १६ रजत जयन्ती चोकबाट लागु औषध सहित थप २ जनालाई पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ बस्ने ३६ वर्षीय सञ्जिव केशरी, चितवन भरतपुर महानगर ४ रामघाट बस्ने २५ वर्षीय विशाल श्रेष्ठलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेका सञ्जिवले ना.३२ प ९४०३ नम्बरको मोटरसाइकलको सिटमुनी कालो प्लाष्टिक लागु औषध नाईट्राभेट ट्याबलेट २० पत्ता अर्थात ६ सय थान ल्याएका थिए ।
विशालको साथबाट औषध फेनारगन(४७ एम्पुल, डाईजेपाम(४७ एम्पुल, नुफिर्न ४७ एम्पुल गरी जम्मा १४१ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।
लागु औषध सहित ७ जनालाई हिरासतमा राखेर लागु औषधसम्बन्धी कसुरमा पर्सा जिल्लाबाट म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।