TodayPati

कोरोना विरुद्धको लडाइँमा शिक्षामन्त्री पोखरेलद्वारा महोत्तरीमा स्वास्थ्य सामग्री हस्तान्तरण

टुडेपाटी

महोत्तरी, बैशाख २१ गते ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज जिल्लाका स्वास्थ्य केन्द्रका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाछन् ।

Sponsored

क्षेत्र नं १ बाट निर्वाचित रहनुभएका मन्त्री पोखरेलले जिल्लाका पाँच प्राथमिक स्वास्थ्य केन्द्रका लागि कोभिड–१९ जाँचमा आवश्यकपर्ने स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई हस्तान्तरण गरे ।

बर्दिवास नगरपालिका–३ स्थित आधारशीलामा मन्त्री पोखरेलले हस्तान्तरण गरका सामग्री जिल्लाका गौशाला, रामगोपालपुर, पिपरा, लोहारपट्टी र सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि भएको स्पष्ट पार्नुभयो । दक्ष चिकित्सक रहने प्राथमिक स्वास्थ्य केन्द्रमा अहिलेका प्राप्त सामग्री निकै उपयोगी हुने उनको भनाइ छ । 

प्रदान गरिएका सामग्रीमा मास्क, पञ्जा, पिपिई, थर्मलगन, थर्मोमिटर, सुजकभर, फेसलाइट, स्यानिटाइजर, पञ्जासहितका सामग्री छन् । 

Sponsored

त्यसैगरी मन्त्री पोखरेलले १५ श्ययाको अस्पताल सञ्चालनका लागि बर्दिवास अस्पताल भेन्टिलेटरसहितका उपकरण र अन्य स्वास्थ्य सामग्री बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्की र कोभिड–१९ सँगसम्बन्धित सुरक्षा प्रबन्धका सामग्री गौशाला तथा भङ्गाह नगरपालिकाका नगरप्रमुख शिवनाथ महतो र सञ्जिवकुमार साहलाई हस्तान्तरण गरे ।

वितरण गरिएका सामग्रीमा पञ्जा १० हजार थान, सर्जिकल मास्क १८ हजार थान, पञ्जा १० हजार थान, पिपिई ७५ थान, थर्मलगन छ थान, लाइफब्वाय साबुन २५२ वटा, थर्मोमिटर १५ थान, सुजकभर ५० थान, फेसलाइट ५० थान र स्यानिटाइजर १०० लिटर रहेको सो अवसरमा जानकारी दिइएको थियो । बर्दिवास अस्पताललाई यसबाहेकका उपकरण प्रदान गरिएको छ ।

हस्तान्तरण गरिएका सामग्री स्वास्थ्य सेवा विभाग र वेभ ट्रेण्ड कन्सर्न, निक साइमन, साझा सहकारी संस्थासहितका सामाजिक सङ्घसंस्था र व्यक्तिगत तवरले सन्तोष दाहालसहितबाट प्राप्त भएका मन्त्री पोखरेलले जानकारी दिए । 

प्राप्त सामग्रीबाट अहिलेको कोभिड–१९ सम्बन्धित जाँच, सुरक्षा प्रबन्ध र तयारीमा सहयोग हुने जिल्लाका प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । प्राप्त सामग्री आवश्यकताका आधारमा स्वास्थ्य केन्द्र र क्वारेन्टाइन केन्द्रमा पु-याइने खत्रीको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *