TodayPati

धनुषामा एसईई परीक्षामा चोरी गराउने निरीक्षक पक्राउ

टुडेपाटी-
जनकपुरधाम, चैत १७ गते ।

एसईई परीक्षामा खटिएका एक निरिक्षक पक्राउ परेका छन् ।

धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका सपहीस्थित विपि कोइराला माविमा खटेका परीक्षा निरिक्षक नागेन्द्र यादव पक्राउ परेका हुन् ।

Sponsored

यादवले कक्षाकोठा बाहिरबाट प्रश्नपत्रको समाधान गराई आफ्नो मोबाइलमा पठाउन लगाएर बिद्यार्थीलाई चिट चोरी गराएको फेला परेपछि पक्राउ गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

जनता आधारभूत माध्यमिक विद्यालय बनिगामा लक्ष्मिनीयाँमा शिक्षक पदमा कार्यरत यादवलाई  विपि कोइराला माविको परीक्षा निरिक्षकमा खटाइएको थियो ।

परीक्षा निरिक्षकले नै मोबाइल प्रयोग गरी वाट्सअपबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र सोही माध्यमबाट उत्तर आएपछि बिद्यार्थीले उतार गरेको पाइएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *