स्वतन्त्रबाट जितेका प्रभु साह मन्त्री बन्दै
टुडेपाटी–
काठमाडौँ, चैत १६ गते ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साह मन्त्री बन्ने भएका छन् ।
प्रतिनिधि सभामा स्वतन्त्र भएर जितेका साहले मन्त्री बन्ने तय भएको पुष्टि गरेका हुन् ।
उनले भने, ‘कुन मन्त्रालय पाउने हो भन्ने कुराको टुंगो लाग्न बाँकी छ । तर मन्त्री बन्ने कुरा तय हो। कुन मन्त्रालय पाउने हो आज छलफलपछि टुंगो लाग्छ ।’
साह रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
चुनाव जितेपछि उनले आफ्नै नेतृत्वमा पार्टी गठन गरेका छन्।
Sponsored