TodayPati

कोरोना रोकथामका लागि विवेकशीलले दिए सरकारलाई १० बुँदे सुझाव

टुडेपाटी-
रौतहट, बैशाख २१ गते ।

विवेकशील नेपाली दलका प्रदेश २ का कोषाध्यक्ष विवेक शर्माले विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारलाई १० बुँदे सुझाव दिएका छन् ।


पेशाले शिक्षक समेत रहेका कोषाध्यक्ष शर्माले आइतबार प्रेस विज्ञप्ती निकालेर कोरोना भाइरस नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको अझै पुर्ण रुपमा पाल्ना नभएको भन्दै यसलारुई थप कडाई गर्न तथा सतर्कता अपनाउन संघीय, प्रदेश तथा स्थानीय गरी तिनै तहका सरकारलाई ध्यानाकषर्ण गराएका हुन् ।

Sponsored

उनले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन विभिन्न किसिमका उपाए अपनाउन समेत सरकारलाई विज्ञप्ति मार्फत सुझाएका छन् । कोरोनाको कहर कम गर्नका लागि करिब महिना भन्दा बढी दिन देखि सरकारले लकडाउन जारी राखेको छ तर रौतहट जिल्लामा भने यसको पूर्ण रुपमा अझै पाल्ना हुन सकेको छैन् । यसलाई थप कडाइको साथ लागु गर्न आम नागरिकलाई आवश्यक पर्ने खद्यान्न समाग्री, स्वास्थ्य समाग्री तथा अन्य समाग्रीहरुको होम डिलेभरीको व्यवस्था मिलाउन शर्माले विज्ञप्ति मार्फत सरकारलाई आग्रह गरेको जनाएको छ ।

त्यसैगरी, रौतहट जिल्ला बाहिरबाट आएको नागरिकहरुलाई अनिवार्यरुपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने, विना चेकजाँच भएको तरकारी गाउँघरमा कसैलाई पनि बिक्री गर्न नदिने पीपीई लगाएर मात्रै तरकारी बेच्ने अनुमति दिने, संक्रमित गाउँ टोलको साथै एक जिल्ला बाट अर्को जिल्लामा प्रवेश निषेध अनिवार्य रुपमा गराउने, यस जिल्लाको सीमा नाकाहरुमा सुरक्षाकर्मीले सुरक्षा दिए पनि चोरबाटो र्हुदै भारबाट भएर प्रत्येक दिन मानिसहरु नेपाल प्रवेश गरिरहेकाले त्यसलाई रोक्न रातीको समयमा ठूलठूला टर्च लाईटसहित प्रहरीलाई गस्ती गर्न लगाउने तथा अहिले केही समयको लागि भए पनि तारबाट घेराबेरा लागाउँनुपर्ने लगाएतका उनले सुझाव दिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै कोरोनाका कारण जारी लकडाउनको मौका छोपी भइरहेको कलाबजारी रोक्न कलाबजारी गर्नेलाई कडा दण्ड सजाएको व्यवस्था गर्नुपर्ने, दैनिक रुपमा ज्यालादारी गरेर खाने व्यक्तिहरुलाई मात्र राहतको प्याकेज सरकारले ल्याएपनि गरिवभन्दा पनि हुने खानेले राहत पाएकोले गरिवलाई मात्रै राहत दिनुपर्ने, कतिपय ठाउँमा राहत वितरणमा लापरवाही र अनियमितता भएकोले त्यसको अनुगमण गरी गरिवको राहतमाथी खेलवाड गर्ने उपर कडाभन्दा कडा कारबाही गर्नुपर्ने, क्वारेन्टाइनहरुमा अझै चाहिने जती स्वास्थ्य सामाग्री पुग्न नसकेकोले जिल्ला भित्र रहेको क्वारेन्टीनको स्थगल निरिक्षण गरी आवश्यक पर्ने सामाग्री उपलब्ध गराउनुपर्ने, क्वारेन्टीनमा खटने चिकित्सक तथा जिल्ला भरी सुरक्षामा खटिरहने सुरक्षाकर्मीहरुलाई व्यक्तिगत रुपमा आवश्यक पीपीई उपलब्ध गराउनुपर्ने र संक्रमण देखिएको स्थानहरु तथा जिल्ला भरीको बजार क्षेत्रमा अनिवार्यरुपमा सेनिटाइज गर्नुपर्ने विवेकशील नेपाली दलका प्रदेश २ कोषाध्यक्ष विवेक शर्माले माग गरेको विज्ञप्तिमा जनाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *