TodayPati

बारा-२ बाट चुनाव लड्न माओवादी छाडेर जनमतमा प्रवेश गरे शिवचन्द्र कुशवाहा

टुडेपाटी–
काठमाडौं, चैत १५ गते ।

बारा २ बाट चुनाव लड्नका लागि नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् ।

रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गर्दै कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

Sponsored

पार्टीभित्र जालझेल गरेर आफूलाई माइनस गरिएकाले जनमत पार्टी रोजेको उनले लगाए ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार थिए । तर उनी तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए ।

यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

Sponsored

आफू स्वतन्त्र भएर चुनाव लड्न खोजेपनि जनताले पार्टीबाट चुनाव लड्न आग्रह गरेकाले जनमतमा प्रवेश गरेर चुनाव लड्ने तयारी गरेको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *