TodayPati

मिटरब्याज पीडितलाई मधेश सरकारको समर्थन

टुडेपाटी-
जनकपुरधाम, चैत १५ गते ।

मधेश प्रदेश सरकारले मिटरब्याज पीडितलाई आफ्नो समर्थन रहेको जनाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान एक विज्ञप्ती जारी गर्दै मिटरब्याज पीडितको हरेक पाइलामा आफ्नो मसर्थन रहेको बताएका हुन् ।

‘ठूलो वेदना बोकेर काठमाण्डौ पुग्नुभएका मिटरव्याज पीडित हाम्रा दाजुभाई दिदीबहिनीहरु । तपाईंको हरेक पाइलामा हाम्रो साथ छ, तपाईंको आँसुको हरेक थोपामा हाम्रोपनि सरोकार र दायित्व छ । हामी जिम्मेवारीबाट भाग्न सक्दैनौ, भाग्दैनौ पनि तथापि यो प्रदेशको मात्र समस्या होइन्’ विज्ञप्तीमा लेखिएको छ ‘प्रदेशवाट उठेको देशको समस्या हो । गरिव झन गरिब हुने भएको सम्पतिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजना विद विज्ञहरुलाई आव्हान गर्दछु ।’

Sponsored

पैदल हिडेर काठमाण्डौ पुग्नुभएका र काठमाण्डौ पुग्न नसकी घरमै उकुसमुकुसमा परेका मिटरब्याज पीडितको समस्याप्रति मधेश सरकार गम्भीर रहेको भनेका छन् ।

केन्द्र सरकारले मिटरव्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन गरेको पहलको स्वागत गरेको मुख्यमन्त्री यादवले बताएका छन् । ‘तथापि यसले समग्र समस्यालाई कति संबोधन गर्नेछ, गम्भीर भएर सोच्न जरुरी छ । विदेश जान वा अध्ययन गर्न वा अन्य भैपरि गर्जो टार्न ऋण खोज्ने नागरिकहरुलाई मिटरब्याजीहरुवाट बचाउँदै के कसरी सहयोग र सहकार्य गर्न सकिन्छ यसबारे ठोस गृहकार्य गरी ठोस नीति बनाउन जरुरी छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *