TodayPati

मिटर ब्याज पीडितकोको समस्या समाधानका लागि कानुन संसोधन गर्ने निर्णय

टुडेपाटी–
काठमाडौँ, चैत १४ गते ।

मिटरब्याज पीडितको समस्यालाई समाधान गर्न सरकारले कानुन संशोधन गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मिटर ब्याज पीडितहरुले फेरि सडकमा निस्केर आन्दोलन चर्काएपछि यस समस्याको समाधानका लागि मुलुकी अपराध संहिता २०७४ मा संशोधन गर्ने निर्णय गरेको हो।

Sponsored

प्रधानमन्त्रीका प्रेस संयोजक मनहरि तिमिल्सिनाले आजको मन्त्रिपरिषद बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको जानकारी दिए ।

मन्त्रिपरिषदको निर्णय अनुसार अपराध संहिताको लेनदेन सम्बन्धी व्यवहार खण्डमा थप व्यवस्था हुनेछ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *