TodayPati

चैती छठ पर्व सम्पन्न

टुडेपाटी-
जनकपुरधाम, चैत १४ गते ।

जनकपुरधामसहित मधेशमा आदिदेव भगवान सूर्यको उपासना गरी चारदिनसम्म मनाइने चैती छठ पर्व सम्पन्न भएको छ । आज बिहान उदाउँदो सूर्यलाई ब्रतालुले पूजसामग्री अर्घ्य दिएपछि विधिवत चैती छठ पर्व सकिएको हो । आजको दिनलाई पारन पनि भन्ने गरिन्छ । अर्घ्यमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण तथा वितरण गर्ने परम्परा रहेको छ ।

हिजो साँझ अस्ताउँदो सूर्य अर्थात दिनानाथलाई अर्घ्य दिइएको थियो । कार्तिकमा मनाइने छठ पर्व जतिको संख्यमा श्रद्धालुभक्तजन नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ ।
चारदिनसम्म अत्यन्त नियम निष्ठासाथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी उभेर अघ्र्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ ।
अघ्र्यमा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लागायतका सामग्री प्रसादको रुपमा चढाइन्छ । चैती छठ गर्दा हरेक मनोकाङ्क्षा पूरा तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

Sponsored

केही वर्ष पूर्वसम्म मारबाडी समुदायका केही व्यक्तिहरुले मात्र मनाउने गर्दथे । तर वर्षेनी यो पर्व मनाउनेहरुको संख्यामा वृद्धि भइरहेको जनकपुरधाम उपमहानगरपालिका ४ की राजकुमारी सोनार बताउँछिन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *