TodayPati

यू–१६ क्रिकेट प्रतियोगिताका लागि महोत्तरी टिमको घोषणा

टुडेपाटी–
जनकपुरधाम, चैत १३ गते ।

अण्डर–१६ क्रिकेट प्रतियोगिताका लागि जिल्ला क्रिकेट संघ महोत्तरीले टिमको घोषणा गरेको छ ।

महोत्तरीको जलेश्वरमा खेलाडीको छनोट गरी यू–१६ क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेश स्तरको प्रतियोगिताका लागि जिल्ला क्रिकेट संघ महोत्तरीले १४ जनाको स्क्वाड सार्वजनिक गरेको हो ।

Sponsored

अभिषेक तिवारीको कप्तानीमा १४ सदस्यी टोली छनोट गरिएको क्रिकेट संघका सचिव दिपेन्द्र कुमार यादवले जानकारी दिए ।

यू–१६ महोत्तरी क्रिकेट टिममा कप्तान अभिषेक तिवारीसहित सोनम महतो, आदित्यमण्डल (विकेट किपर), कैफ शेख, सरफराज अन्सारी, मनिस कापर, पल्टु सादा, मोबारकनादाफ, कृष्ण महतो, ललित कुमार साह, नितेश कुमार यादव, रमण मण्डल, राजिव सादा रसत्यम गुप्ता रहेका छन् ।

यस्तै, रिजर्भमा अमृत मण्डल, नितिश महतो,मोबारक आलम र सम्साद अन्सारीलाई राखिएको सचिव यादवले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *