TodayPati

‘नेकपा’ हटाए एकीकृत समाजवादीसँग एकता हुन्छः उपेन्द्र यादव

टुडेपाटी–
धनगढी, चैत १२ गते ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एकीकृत समाजवादीले नामबाट ‘नेकपा’ हटाए आफ्नो पार्टीसँग एकता हुनसक्ने बताएका छन्।

आइतबार धनगढीमा पत्रकार सम्मेलनमा उनले नेकपा एससँग एकताका लागि छलफल चलिरहेको बताए।

Sponsored

‘नेकपा एकीकृत समाजवादी पार्टीसँग छलफल पनि भइरहेको छ, धेरै कुराहरु मिलेका छन् तर मुल कुरा, जसपा समाजवादी पार्टीका रुपमा अघि बढिसकेकाले अब पछाडि फर्कन सक्दैन’, उनले भने ।

अध्यक्ष यादवले जसपा कम्युनिष्ट पार्टी बन्न नसक्ने बताउँदै भने, ‘नेकपा एकीकृत समाजवादी छ, नेकपा छोडेर समाजवादी बनौँ भनेका छौँ। त्यो कुरामा सहमति भएको छैन।’

पार्टी एकता नभए पनि तालमेल जारी रहेको उनको भनाइ छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *