TodayPati

क्रिकेट खेलाडी आसिफलाई दुई लाख नदग दिने मधेश सरकारको घोषणा

टुडेपाटी-
जनकपुरधाम, चैत १० गते ।

मधेश प्रदेश सरकारले यस प्रदेशका अन्तराष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ । बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लवले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि मधेश सरकारले पनि उनलाई दुईलाख रुपैयाँ दिने घोषणा गरेको हो ।

प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र देशको शिर ठाडो पार्ने आसिफलाई सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

Sponsored

पर्सा जिल्लाको वीरगञ्ज निवासी आसिफले २०२२ फेब्रुअरी १४ मा आयरल्याण्ड विरुद्धको टी–२० अन्तराष्ट्रिय खेलमा आयरिस खेलाडी एन्डी म्याकब्रायनलाई रन आउट गर्ने अवसर पाउँदा पनि खेलभावना देखाउँदै रनआउट नगरेपछि आइसीसी (अन्तराष्ट्रिय क्रिकेट काउन्सिल) ले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ समेत प्रदान गरेको थियो ।

विशेष गरी उदाहरणीय खेल भावनाको परिचय दिदै विश्वभरिका क्रिकेटप्रेमीहरुको मन जितेर प्रदेश र देशको प्रतिष्ठा बढाएकोमा उच्च कदर गर्दै प्रदेश सरकारले सम्मानस्वरुप आसिफलाई सो रकम प्रदान गर्न लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिए ।

यसअघि प्रदेश सरकारले गुलशन झा र आरिफ शेखलाई पनि जनही दुई÷दुई लाख प्रदान गर्ने घोषणा गरिसकेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *