ल्याबमा गलत रिपोर्ट : जनकपुर प्रादेशिक अस्पतालका निर्देशक जिम्मेबारीबाट हटाइए
टुडेपाटी-
जनकपुरधाम, चैत ९ गते ।
प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. प्रमोद यादवलाई कारबाही गरिएको छ । अस्पतालको ल्याबमा गलत रिपोर्ट दिएको पाइएपछि उनलाई बिहीबार जिम्मेबाबरी मुक्त गरिएको हो ।
सञ्चाल माध्यममा ल्याबले गलत रिपोर्ट दिएको खबर प्रकाशित गरेपछि उनलाई मुख्यमन्त्री सरोज कुमार यादवको निर्देशनमा सामाजिक विकास मन्त्रालयले जिम्मेबारीबाट मुक्त गरेको हो । निर्देशक यादवलाई पदमुक्त गरी मन्त्रालय तानेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सिताराम अग्रहरीले जानकारी दिए । गलत रिपोर्ट दिनेहरुमाथि अनुसन्धान भइरहेको र कारबाही गरिने मन्त्रालयले जनाएको छ । समाचार सार्वजकि गरेपछि गत फागुन २८ गते मुख्यमन्त्री सरोजकुमार यादवले भोलिपल्टै अस्पतालको आकस्मिक निरीक्षण गरेका थिए ।
सो क्रममा उनले तत्काल निर्देशक डा. यादवलगायत ल्याबको गलत रिपोर्ट दिनेहरुमाथि कारबाही गर्न सामाजिक विकास मन्त्री सुरिता साहलाई निर्देशन दिए थिए ।