TodayPati

वित्तीय सचेतना फैलाउन जनकपुरधाममा डिजिटल बैँकिङ वित्तीय साक्षरता कार्यक्रम

टुडेपाटी–
जनकपुरधाम, चैत ९ गते ।

सर्वसाधारणलाई डिजिटल बैंकिङ सम्बन्धित शिक्षा दिने उदेश्यले जनकपुरधाममा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम गरिएको छ ।

नेपाल बैंक लिमिटेडको आयोजनामा डिजिटल बैंकिङ सम्बन्धित सचेतना मूलक कार्यक्रमको आयोजना गरिएको हो ।

Sponsored

बुधबार बिहान जनकपुरधाम स्थित रेल्वे स्टेसनबाट प्रभात फेरिको आयोजना गर्दै नगरको विभिन्न चौकको परिक्रमा गर्दै नेपाल बैँकका कर्मचारीहरु जानकी मन्दिरमा पुगेको थियो ।

नेपाल बैंक लिमिटेड जचुकाली ब्रान्चका शाखा प्रबन्धक चन्द्रदिप साहले डिजिटल बैँकिङ कारोबार बसाउन, क्यासलेस बैँकिङ गर्न, सबैजनाले बैँकको प्रयोग गरोस, वचत गरोस्, पैसा कसरी सुरक्षित रहन्छ लगायतको उदेश्यसहित यो कार्यक्रम गरिएको बताए ।

नेपाल बैँकले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल बैँक लिमिटेड मधेश प्रदेशका प्रमुख प्रदीप कुमार पाठक, सिटि अपिसका शाखा प्रबन्धक गनेश कुमार खत्री लगायत मधेश प्रदेशको सबैशाखाका प्रबन्धक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *