TodayPati

मोनाष्टिकले उचाल्यो इन्टर कलेज क्रिकेट प्रतियोगिताको उपाधि

टुडेपाटी–
जनकपुरधाम, चैत ९ गते ।

जनकपुरधाममा जारी इन्टर कलेज क्रिकेट प्रतियोगिताको उपाधि मोनास्टिक कलेजले जितेको छ ।

बिहीबार रंगभूमि मैदान बाह्रविघा भएको फाइनल खेलमा बीपी मेमोरियल कलेजलाई एक विकेटले पराजित गर्दै मोनाष्टिकले उपाधि जितेको हो ।

Sponsored

टस ब्याटिङ गरेको बीपी मेमोरियलका खेलाडीले १९ ओभर चार बलमा सबै विकेट गुमाएर १०० रन बनाएको थियो ।

बीपीका लागि पवन सराफले ३२ र केशव झाले २१ रन जोडेका थिए ।

मोनास्टिकका लागि सिद्धान्त लोहनीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा मात्र १३ रन खर्चेर चार विकेट लिए भने रुपेश सिंहले एक मेडनसहित चार ओभरमा मात्र सात रन खर्चेर दुई विकेट लिएका थिए ।

Sponsored

१०१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको मोनास्टिकले १८ ओभर चार बलमा नौ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

मोनाष्टिकका लागि रञ्जित यादवले २२ र सिद्धान्त लोहनीले २१ रनको योगदान दिए ।

बीपीका लागि बलिङ गरेका पवन सराफले दुई र राहुलप्रसाद चौधरीले दुई विकेट लिए । यस खेलको म्यान अफ द म्याच मोनास्टिकको तर्फबाट सिद्धान्त लोहनी घोषित भए ।

यस्तै, प्रतियोगिताको एर्मजिङ प्लेयर मिट कलेजका तेजस मण्डल, बेस्ट बलर र म्यान अफ द सिरिज बीपीका अखिलेश ठाकुर भएका थिए भने बेस्ट किपर राजर्षी क्याम्पसका अकबर अलि, क्याच अफ द टुर्नामेन्ट विक्रान्त यादव, बेस्ट फिल्डर नागेन्द्र अधिकारी र फेयर प्लेयर मिट कलेजका खेलाडीलाई दिइएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *