TodayPati

थरबारे गरेको टिप्पणी गरेपछि राहुल गान्धीलाई सुनाइयो दुई वर्ष जेल सजाय

एजेन्सी–
नयाँदिल्ली, चैत ९ गते ।

भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई त्यहाँको एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ।

भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै सुरत जिल्ला अदालतले गान्धीलाई बिहीबार उक्त सजाय सुनाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

Sponsored

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए।

गान्धीले एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए।

Sponsored

गान्धीलाई जिल्ला अदालतले आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको छ भने उनलाई धरौटीमा तत्कालका लागि छोडेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *