चितवन–२, तनहुँ–१ र बारा–२ मा १० वैशाखमै उपचुनाव गर्ने निर्णय
टुडेपाटी–
काठमाडौं, चैत ६ गते ।
चितवन निर्वाचन क्षेत्र २, तनहुँ १ र बारा– २ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ ।
सोमबार निर्वाचन आयोगको बसेको बैठकले उपचुनावको मिति तय गरेको हो ।
तनहुँ १ का सांसद रामचन्द्र पौडल राष्ट्रपति र बारा २ का रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका छन् भने चितवन २ मा रवि लामिछानेको पद खारेज भएपछि उपचुनाव हुँदैछ ।