TodayPati

नेपाललाई एसिसी प्रिमियर कपको आयोजनाको जिम्मा, प्रतियोगिता जिते एसिया कप खेल्न पाउने

टुडेपाटी–
काठमाडौँ, चैत ५ गते ।

आगामी वैशाखमा नेपालले एसिसी प्रिमियर कपको आयोजनाको जिम्मेवारी पाएको छ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको हो।

Sponsored

प्रतियोगितामा १० टोली सहभागी रहने र प्रतियोगिताको विजेताले एसिया कपमा सहभागिता जनाउन पाउने छ।

विश्वकप क्रिकेट लिग २ अन्तरगतको अन्तिम सिरिजमा नेपाल र युएईबीचको दर्शकको अत्यधिक उपस्थितिका कारण नेपाललाई आयोजना जिम्मेवारी लिन सहज भएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए ।

१० राष्ट्र सहभागिता रहने प्रतियोगिता भएकाले एकै मैदानमा सबै खेल सम्भव नहुने भएकाले मूलपानी मैदान पनि प्रयोग गरिने पाठकले बताए।

Sponsored

पाठकले भने, ‘आयोजकको नाताले ठूलो जिम्मेवारी प्राप्त भएको छ। हामीले यो पटक प्रतियोगिता दुईवटा मैदानमा गर्ने गरी तयारी गरिरहेका छौँ ।’

प्रतियोगिता बैशाख ११ देखि २५ गतेसम्म हुने छ ।

प्रतियोगिताको विजेता टिमले एसिया कपमा स्थान बनाउने छ।

प्रतियोगिताका लगि समूह ‘ए’ मा नेपलासहित कुवेत, कतार, साउदी अरेबिया र युएई छन्।

समूह ‘बी’ मा बहराइन, हङकङ, मलेसिया, ओमान र सिंगापुर छन्।

प्रतियोगितामा समूह चरण, सेमिफाइनल र फाइनल गरी २४ खेल हुने छन्।

प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ।

एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *