प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको निर्णय
टुडेपाटी–
काठमाडौँ, चैत ५ गते ।
नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
संघीय संसद भवनको ल्होत्से हलमा आइतबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको बताए।
उनले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सरकार बिस्तार हुने बताए।
संविधानको रक्षा, संवर्द्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित काँग्रेस सरकारमा जाने निर्णय भएको उनले बताए।
Sponsored
आज बस्ने संसद बैठकबाट कांग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने पनि उनले बताए।