TodayPati

जनयुद्धका ८ हजार ३७१ सहिदको नाम राजपत्रमा प्रकाशित

टुडेपाटी–
काठमाडौं, चैत ४ गते ।

१० वर्षे जनयुद्धका क्रममा सहिद भएका ८ हजार ३७१ जनाको नामावली सरकारले राजपत्रमा प्रकाशित गरेको छ ।

गृह मन्त्रालयले नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएको सशस्त्र संघर्ष, क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सम्मानस्वरुप फागुन १५ गते सहिद घोषणा गर्ने निर्णय भए अनुसार उनीहरूको नामावली राजपत्रमा प्रकाशित गरिएको हो ।

Sponsored

मन्त्रालयले ताप्लेजुङदेखि कैलाली जिल्लासम्म गरेर ७५ जिल्लाको सूची छुट्टा छुट्टै बनाएर प्रकाशित गरेको हो ।

सूची अनुसार सबैभन्दा बढी रोल्पाका ७५३ जना सहिद रहेका छन् भने त्यसपछि क्रमशः दोस्रोमा रुकुमका ५८४ जना, तेस्रोमा कालिकोटका ४३३ जना रहेका छन् । धनुषामा १४० जना रहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *