TodayPati

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी-
जनकपुरधाम, चैत ४ गते ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

आईसीसीले पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको छ , जसमा बालबालिकालाई गैरकानुनी रुपमा युक्रेनबाट रुस पठाउनु पनि भएको बीबीसीले जनाएको छ ।

Sponsored

रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

पक्राउ पुर्जीबारे टिप्पणी गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले ‘इन्टरनेशनल क्रिमिनल कोर्टको फैसला हाम्रो देशका लागि कानुनी रुपमा कुनै अर्थ छैन’ भनेकी छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *