उपराष्ट्रपति निर्वाचन : मतगणना सुरू
टुडेपाटी–
काठमाडौं, चैत ३ गते ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपराष्ट्रपति निर्वाचनको मतगणना सुरू भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघ र प्रदेशको मत गणना छुट्टाछुटै हुँदैछ।
निर्वाचनमा मतदान प्रक्रिया शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको थियो।
संघतर्फ ३११ र प्रदेशतर्फ ५१८ गरी कुल ८२९ मत खसेको छ।
प्रेम सुवाल, वर्षमान पुन (बिरामी), चन्द्र भण्डारी (बिरामी), लक्ष्मी कोइरी, शाहनाज रहमान (मृत्यु), रामचन्द्र पौडेल (राष्ट्रपति) र मनोरमा शेरचन तथा राप्रपाका १४ जना सांसदले चुनावी प्रक्रियामा भाग लिएनन्।
Sponsored
उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन्।
कुनै उम्मेदवारले प्राप्त गरेको कुल मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत भए निर्वाचन अधिकृतले उक्त व्यक्ति निर्वाचित भएको घोषणा गर्नुपर्ने व्यवस्था ऐनको दफा ५५ (२)ले गरेको छ।
बहुमत नपुगे सबैभन्दा बढी मत प्राप्त दुई उम्मेदवारबीच पुनः निर्वाचन गराउनुपर्ने हुन्छ।