TodayPati

क्रिकेट खेलाडी झा र शेखलाई मधेश सरकारले जनही २-२ लाख रुपैयाँ दिने

टुडेपाटी-
जनकपुरधाम, चैत २ गते ।

मधेश सरकारले क्रिकेट खेलाडीद्वय गुलशन झा र आरिफ शेखलाई दुई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा नेपालले बिहीबार शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई बधाई दिएका छन् ।

मुख्यमन्त्री यादवले खेलाडीद्वय झा र शेखलाई प्रोत्साहनस्वरुप मधेश प्रदेश सरकारको तर्पmबाट जनही दुई÷दुई लाख नगद प्रदान गर्ने घोषणा समेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए ।

Sponsored

विश्वकप छनौट प्रतियोगितामा आज युएईमाथि गौरवपूर्ण जित हासिल गरेकोमा उनले नेपाली टीम, प्रशिक्षक तथा खेलाडीहरुलाई बधाई दिएका हुन् ।

मुख्यमन्त्री यादवले मधेश प्रदेशका खेलाडी गुलशन झा र आरिफ शेखको खेलको विशेष प्रशंसा गरे ।

‘तपाईहरुले देश र प्रदेशको सम्मान बढाउनु भएकोमा हामीलाई धेरै खुशी लागेको छ’, उनले भने । मुख्यमन्त्री यादवले कुशल भुर्तेल तथा भीम कार्कीको खेलको पनि प्रशंसा गरे ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *