TodayPati

जनकपुर प्रादेशिक स्पतालमा गलत ल्याब रिपोर्ट दिनेमाथि कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन


टुडेपाटी-
जनकपुरधाम, फागुन ३० गते ।

मधेश प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादवसहितलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

प्रादेशिक अस्पतालको ल्याबमा गलत रिर्पोट दिने गरेको तथा कार्यालय सहयोगीले ल्याब टेस्ट गर्ने गरेको समाचार सार्वजनिक भएपछि मुख्यमन्त्री सरोजकुमार यादवले अकास्मिक छड्के अनुगमन गरेका हुन् ।

Sponsored

अनुगमनका क्रममा उनले अस्पतालका निर्देशक यादवसहित गलत ल्याब रिपोर्ट दिनेहरुमाथि कारबाही गर्न निर्देशन दिएका हुन् ।

सोमबार उनले छड्के अनुगमन गरेपछि निर्देशक लगायत धेरै चिकित्सक अनुपस्थित रहेको पाइएको थियो ।
प्रतिष्ठानकी सहकुलपति समेत रहेकी सामाजिक विकासमन्त्री सुरिता कुमारी साहलाई मुख्यमन्त्री यादवले निर्देशकसहित गलत ल्याब रिपोर्ट दिनेहरुमाथि कारबाही गर्न निर्देशन दिए ।

ल्याबका प्रमुख परमेश्वर यादवलाई गलत रिपोर्ट बनाउने कर्मचारीमाथि पनि कारबाही गर्न निर्देशन दिएका छन् ।

Sponsored

उपराष्ट्रपतिको चुनावका कारणले निर्वाचन आचार संहिता लागेको बताउँदै आचार संहिता हटेपछि अस्पतालका निर्देशक डा. यादवलाई परिवर्तन गर्ने प्रतिष्ठानका सह–कुलपति एवं सामाजिक विकास मन्त्रीलाई मुख्यमन्त्रीले निर्देशन दिएका हुन् ।

प्रादेशिक अस्पतालको ल्याबको परीक्षणको शुल्क नीजि अस्पताल जस्तै भए पनि सेवा विश्वसनीय र भरपर्दो नभएको गुनासो सर्वसाधारणबाट हुन थालेको छ ।

अस्पतालले मधेश प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सर्लाही तथा बागमती प्रदेशका सिन्धुली र कोशी प्रदेशका उदयपुरसम्मका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । प्रतिष्ठान मातहत अस्पताल आए यता उपचार सेवा भद्रगोल बनेको छ ।

सम्बन्धित समाचार

जनकपुर प्रादेशिक अस्पतालले ल्याब रिर्पोट गलत दिने गरेको खुलासा, पिउन गर्छन् ल्याब टेस्ट

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *