वाईसीएलद्वारा पाँचसुत्रिय मागसहित सरकारलाई ज्ञापन
टुडेपाटी-
जनकपुरधाम, फागुन २९ गते ।
पाँचसुत्रिय मागसहित वाइसिएल नेपाल मधेश प्रदेश समितिले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव मार्फत प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई पाँचसुत्रिय मागसहित ज्ञापन पत्र बुझाएको हो ।
विभिन्न संघर्षबाट प्राप्त संविधान संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध षडयन्त्र गर्नेहरूको नियन्त्रण गर्नुको साथै व्यवस्थाको सुदृढीकरण गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी कामहरुको निरुपण गर्नु पर्ने, देश अर्थतन्त्रको चरम संकटमा परिरहेका बेला वित्तिय संघ संस्था तथा सलबलाई रहेको रोकथाम र नियन्त्रण गर्दै अर्थतन्त्र मजबुत बनाउनु पर्ने र सरकारका विभिन्न निकायहरुबाट भइहेको भ्रष्टाचार, घुसखोरी र अनियमितता र ढिलासुस्तीहरुको रोकथाम र नियन्त्रण गरि देशमा सुशासन कायम गरि जनताको सरकारको रुपमा प्रत्याभुत दिलाउनु पर्ने लगायतको माग वाइसिएल नेपालले गरेको छ ।
वाइसीएल नेपाल मधेस प्रदेशको इन्चार्ज अनिलकुमार पासवानको नेतृत्वमा मुख्यमन्त्री यादवलाई ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्र बुझाउन मधेश प्रदेशका वाइसिएल सह इन्चार्ज देवसरण साह, प्रदेश सहसंयोजक दिपक पटेल, सम्झना राई लगायतको टोली पुगेका थिए ।