TodayPati

परिक्रमा भारतको करुणामा

टुडेपाटी

जनकपुरधाम, फागुन २० गते ।

पन्ध्रदिने मिथिला मध्यमा परिक्रमा आज करुणा  पुग्दै छ । १२ औँ पडावस्थल धनुषाको औरहीमा हिजो विश्राम गरेका परिक्रमा यात्री आज बिहानैदेखि भारत बिहारको  करुणाको

Sponsored

लागि प्रस्थान गरेका हुन् ।
१३ औं पडाव स्थल रहेको यहाँ  करुणा नामको नदी छ । आज  करुणामा रात्रि विश्राम गर्ने परिक्रमा यात्री भोलि बिहान भारतकै बिसौल प्रस्थान गर्ने छ ।

धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट झाँकी किर्तन र डोलासहित पदयात्रीहरु जनकपुरधामको हनुमान नगर आइपुग्छन् । त्यहाँबाट मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात भएको थियो । परिक्रमा नेपालको धार्मिक ऐतिहासिक धार्मिक स्थलहरुको १ सय ७ र भारतको २६ किलोमिटर गरी जम्मा १ सय ३३ किलोमिटर भू–भागको यात्रा गर्नेछ।

मध्यमा परिक्रमाको अन्तिम दिन फागु पुर्णिमाका दिन अन्तगृह परिक्रमा अर्थात जनकपुरधाम नगरको ५ किलोमिटर दुरीको परिक्रमा गरि सम्पन्न हुनेछ । अन्तगृह परिक्रमालाई पंचकोशी परिक्रमा समेत भन्ने गरिन्छ ।

Sponsored

मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालुहरू अन्तगृह परिक्रमा गर्ने गर्छन । परिक्रमा समापन पश्चात मिथिलाञ्चल क्षेत्रमा भोलि पल्ट होलि खेल्ने परम्परा रहिआएको छ ।

शैलेन्द्र क्रान्ति

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । facebooktwitter भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *