TodayPati

परिक्रमा आज औरहीमा

टुडेपाटी-
जनकपुरधाम, फागुन १९
गते ।

पन्ध्रदिने मिथिला मध्यमा परिक्रमा आज धनुषाको औरही आइपुग्दै छ । ११ औँ पडावस्थल धनुषाको सबैलास्थित सतोखरमा विश्रामपछि परिक्रमामा सहभागीहरु आज बिहानैदेखि औरहीका लागि प्रस्थान गरेका हुन् । औरही परिक्रमाको १२ औँ पडावस्थल हो ।

धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट झाँकी किर्तन र डोलासहित पदयात्रीहरु जनकपुरधामको हनुमान नगर आइपुग्छन् । त्यहाँबाट मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात भएको थियो । परिक्रमा नेपालको धार्मिक ऐतिहासिक धार्मिक स्थलहरुको १ सय ७ र भारतको २६ किलोमिटर गरी जम्मा १ सय ३३ किलोमिटर भू–भागको यात्रा गर्नेछ।

Sponsored

मध्यमा परिक्रमाको अन्तिम दिन फागु पुर्णिमाका दिन अन्तगृह परिक्रमा अर्थात जनकपुरधाम नगरको ५ किलोमिटर दुरीको परिक्रमा गरि सम्पन्न हुनेछ । अन्तगृह परिक्रमालाई पंचकोशी परिक्रमा समेत भन्ने गरिन्छ ।

मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालुहरू अन्तगृह परिक्रमा गर्ने गर्छन । परिक्रमा समापन पश्चात मिथिलाञ्चल क्षेत्रमा भोलि पल्ट होलि खेल्ने परम्परा रहिआएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *