TodayPati

सप्तरीमा विपद्का प्रतिकार्यमा समुदायलाई सक्षम बनाउँदै

रासस-
सप्तरी, माघ २३ गते ।

विपद्का अवस्थामा उद्धार कार्यमा समुदायको थप क्षमतालाई कसरी बढाउने भन्ने ध्येयले नेपाली सेना, भीमदलगणले यहाँ विपद् प्रतिकार्य तालिम सुरुवात गरेको छ ।

गणले तीन वटा विपद्का घटनालाई प्राथमिकतामा राखेर तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा तीनदिने सामुदायिक विपद् प्रतिकार्य तालीम सुरु गरेको हो ।

Sponsored

बाढीपहिरो, भूकम्प र आगलागीका घटना न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागिता वृद्धि गर्न तिलाठीकोइलाडी गाउँपालिकाका स्थानीय तहका ५५ लाई विपद् प्रतिकार्य तालीम प्रदान गरिरहेको भीमदलगणका गणपति प्रमुख सेनानी गुप्तबहादुर कुँवरले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले विपद्बाट अतिप्रभावित गाउँपालिका रहेको हुँदा युवालाई आफ्नो समुदायमा आइपर्ने विपद्को सामना गर्न पूर्वतयारी गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको बताए ।

विपद् जोखिममा रहेको तिलाठीमा हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न पूर्वतयारी आवश्यकता रहेको तिलाठीकोइलाडी गाउँपालिका–१ का वडाध्यक्ष दिनेश्वर मिश्रले उल्लेख गरे ।

Sponsored

गाउँठाउँमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर बनाइएको उद्धार सामग्री प्रतिकार्य तालीममा प्रयोग गरी सिकाइने प्रशिक्षक हरिप्रसाद जैसीले जानकारी दिए । ‘ड्रमबाट बनाइने उद्धार सामग्री बढी खर्च लाग्ने भए पनि भरपर्दो हुन्छ,’ उनले भने, ‘म्याट र बोतलबाट बनाइने सामग्री भने व्यक्तिगत रुपमा पनि निर्माण गर्न सकिन्छ ।’

तालीममा नेपाली सेनाको १ नम्बर विपद् व्यवस्थापन गण सुन्दरीजल काठमाडौँका जैसी, सनिर कार्की, गणेश सुनार, रामजी विष्ट, हरि सुनार, सागर थापासहितकाले सहजीकरण गर्ने तिलाठीकोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *