परिक्रमा आज सतोषरमा
टुडेपाटी-
जनकपुरधाम, फागुन १८ गते ।
मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा आज धनुषाको सतोषर पुग्दै छ । हिजो बुधबार धनुषाधाममा रात्रि विश्राम गरेका परिक्रमा यात्री भक्तजन आज बिहानैदेखि सतोषरको लागि प्रस्थान गरेका हुन् ।
सतोषर पुगेर सतोषर महादेद मन्दिरमा पूजाअर्चना गरेर परिक्रमा यात्री आज रात्रि विश्राम गर्ने छन् । भोलि बिहान परिक्रमा औरही प्रस्थान गर्ने छ ।
मिथिला विहारी अर्थात भगवान राम तथा किशोरी जी अर्थात माता जानकीको डोलासँगै हजारौँ तीथ यात्रीहरु खाली खुट्टा भजन कीर्तनसहित यात्रा गरी रहेका छन् ।
फागुन ८ गते सुरु भएको परिक्रमा पुनः जनकपुरधाम फर्केर पञ्चकोशी अन्तरगृह परिक्रमा गरेपछि समापन हुन्छ । त्यसको भोलि पल्ट मिथिला मधेशमा होलि खेलिने परम्परा छ ।
Sponsored